प्रिटोरिया, (रासस–एएनआई) : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गर्नु भएको छ । यसअघि गत मार्च २७ मा शुरु भएको लकडाउन २१ दिनका लागि तय गरिएको थियो । अफ्रिकाका कुनै मुलुकमा जारी गरिएको यो सबैभन्दा कडा व्यवस्था रहेको बताइएको छ ।

अल जजिरा टेलिभिजनका अनुसार उपलब्ध प्रमाणमाथि विचार गरी राष्ट्रिय कोरोनाभाइरस कमान्ड परिषदले २१ दिनको अलावा थप दुई साता लकडाउन गर्न सिफारिस गरेको थियो । राष्ट्रपति रामाफोसाले अब अप्रिलको अन्त्यसम्म मुलुकमा लकडाउन जारी रहने बताउनुभयो ।

 

उहाँले लकडाउनको पालना राम्रोसँग भइरहेको पनि दाबी गर्नुभयो । “लकडाउन शुरु भएयता नयाँ कोरोना संक्रमित भेटिने दरमा व्यापक रुपमा कमी आएको छ । मार्चमा एक हजार १७० जनामा कोरोना देखिएकामा अहिले कोरोना संक्रमित पुष्टी भइसकेका व्यक्तिको संख्या एक हजार ९३४ रहेको छ । लकडाउन हुनुभन्दा दुई साताअघि नयाँ बिरामी भेटिने औसत दर ४२ प्रतिशत थियो । लकडाउन शुरु भएपछि भने औसत बृद्धिदर ४ प्रतिशत रहेको छ ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु