काठमाडौँ । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन ।

सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर वितरण गरिने र सातै प्रदेशमा एक हजार लिटरका दरले बितरण गरिने जानकारी दिनुभयो । उहाँले सेनिटाइजर अभाव भइरहेको वेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकोमा सुमीलाई धन्यवाद दिनुभयो ।

कम्पनीका प्रोपाइटार समेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई सेनिटाइजर उपलव्ध गराएको बताउनुभयो । औषधी व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट सेनिटाइजर उत्पादन शुरु गरेका हो । सेनिटाइजर करिव एक करोड रुपियाँ बरावरको रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु