काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर १ लाख भन्दा धेरैको ज्यान गएको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या एक लाख १ हजार ५२६ पुगेको छ । संक्रमितहरुको संख्यामा पनि भारी वृद्धि भएको छ । संक्रमितहरुको संख्या १६ लाख ७५ हजार ७६७ रहेको छ । भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा अहिलेसम्म १८ हजार नौं जनाको भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार ९७० पुगेको छ भने फ्रान्समा १३ हजार १९७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म चार लाख ८८ हजार ९८० संक्रमित फेला परिसकेका छन् । त्यस्तै स्पेनमा संक्रमित संख्या एक लाख ५७ हजार ५३ नाघेको छ भने इटालीमा यो संख्या एक लाख ४७ हजार ५७७ नाघेको छ । अहिलेसम्म विश्वभर तीन लाख ७२ हजार संक्रमित निको भइसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु