काठमाडौ । कोरोना भाइरसका कारण विश्वका धेरै अर्बपतिहरुको सम्पती घटेको छ । कोरोना कहरका कारण फोर्ब्सको सूचीबाट १२ दिनमा २२६ धनाढ्य बाहिरिएका छन् । अमेजनका मुख्य कार्यकारी अधिकारी लगातार तेस्रो वर्ष शीर्ष स्थानमा परेका छन् तर उनको सम्पत्ति १८ अर्ब डलर घटेको छ । यो वर्ष उनले श्रीमती म्याकेजीलाई सम्बन्धविच्छेदपछि ३६ अर्ब डलर दिए । उनी यो सूचीमा २२ औं स्थानमा छिन् । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स दोस्रो स्थानमै छन् ।

 

यद्यपि, उनको सम्पत्ति ९६.७ डलरबाट बढेर ९८ अर्ब डलर पुगेको छ । यो बीचमा विश्वकै धनाढ्यहरूको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले हालै युवा अर्बपति स्टारहरूको नाम पनि सार्वजनिक गरेको छ । यो सूचीमा टेलिभिजन स्टार काइली जेन्नर पहिलो स्थानमा छिन् । गत वर्ष पनि काइली धनाढ्य युवा अर्बपति स्टारको सूचीमा पहिलो स्थानमा नै थिइन् । आफ्नो कडा परिश्रमले काइली सानो उमेरमा नै लगातार दोस्रो पटक विश्वकै धनाढ्य युवा स्टारको सूचीमा पर्न सफल भएकी हुन् ।

 

गत वर्ष उनको कुल सम्पत्ति ९० करोड डलर थियो । उनी टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन् । हाल उनको कुल सम्पत्ति एक सय करोड डलर छ । उनले गत वर्ष ६० करोड डलरमा कस्मेटिक्सको ५१ प्रतिशत सेयर ब्युटी कम्पनी कोटीलाई बिक्री गरेकी थिइन् । सन् २०१४ बाट कस्मेटिक व्यापार सुरु गरेकी काइलीले वेवसाइटमार्फत कस्मेटिक सामान बिक्री गर्दै आएकी छन् । काइलीले आफूलाई कस्मेटिक बजारमा विश्वास भए पनि कहाँसम्म पुग्छु भनेर नसोचेको अभिव्यक्ति दिएकी छन् । एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु