काठमाडौं । लामो समय देखि नेपाल–भारत सीमा बन्द छ । दुई देशले लगाएको लकडाउनले सीमामा धेरै मान्छेहरु थुनिएका छन् । तर यो बीचमा भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अपmवाह फैलाएका छन् । भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेपछि नेपालमा यसको विरोध हुँदैछ ।

 

चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो । भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएर खबर प्रशारण गरेका थिए बिहारका डिजिपी गुप्तेश्वर पाण्डेसँग गरेको कुराकानीमा बिहार प्रहरीलाई सो सूचना नआएको र नेपाल–भारतको बोर्डरमा आफ्नो कडा निगरानी रहेको बताएका छन् ।

यता पर्सा जगरनाथपुर गाउँपालिका अध्यक्ष मियाँले शुक्रबार विज्ञप्ती जारी गर्दै सो समाचार अफवाह मात्र भन्दै आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । नेपाल सरकारले अहिलेसम्म आधिकारीक रुपमा कुनै प्रतिकृया दिएको छैन । सामाजिक सञ्जालमा भारतीय सञ्चारमाध्यम विरुद्ध तिव्र आलोचना भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु