काठमाडौं । आकाशमा कालो बादल छाएको छ । जोडदार हावाहुरी चलेको छ । काठमाडौंमा अहिले वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी सहित वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाएको छ । प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ ।

सम्बन्धित खबरहरु