काठमाडौं । नेपालमा ३ जना भारतीयहरुमा कोरोना संक्रमण देखिएपछि संक्रमितहरुको संख्या १२ पुगेको छ । यो सँगै नेपालमा पनि संक्रमणको डर देखा परेको छ । तर मान्छेहरु यससँग लड्ने भन्दा पनि भाग्ने कुरामा व्यस्त छन् । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसुलेसन वार्डमा भर्ना गरिएका दुईजना भागेका छन् । उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेको बताइएको छ । कोभिड–१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार उनीहरूको नमुना संकलन गरेर काठमाडौं पठाइएका थियो । उनीहरु दिउँसोसम्म अस्पतालमा भए पनि केही समयपछि अस्पतालमा नदेखिएको जानकारी दिइएको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियो । अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन् । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु