काठमाडौ । वितेका बर्ष जे भयो भैहाल्यो । त्यता नफर्कौँ । आफ्नो पौरख र पाखुरीमा बाँच्नेहरुका लागि सुखद रहेन नै । हामीले खाइरहेको गाँस काटिए र त्यसबाट नेता–मन्त्रीले मेजमान खाए । भ्रष्टचार मौलाइरह्यो । राजनीतिक आडमा अपराधको श्रृंखला जारी रह्यो । ‘सानालाई ऐन, ठूलालाई चैन’को स्थिती कायम रह्यो । धूर्तहरुले अकुत सम्पति थुपारिरहे, पाखुरी र पसिनामा निर्भर गर्नेहरु अभाव झेलिरहे ।

नेता–मन्त्रीहरुले राज्यको ढुकुटीबाट लाखौं–करोडौं झ्वा’म पारिरहँदा, निमुखाहरु सामान्य उपचार नपाएर छटपटाइरहे । सर्वसाधरण नेपालीका लागि यो बर्ष दुःख, अभाव, समस्या, ऋण, रोगमा डुबिरह्यो । कामना गरौं, आगमी बर्ष भ्रष्टचार, अराजकता, खिचातानी, बेइमानीको रजगज नचलोस् । इमान र पसिनाको आडमा बाँच्नेहरुले सुखको गाँस खान पाओस् । शान्तिले बस्न पाओस् । औषधि–उपचारको अभावमा छटपटिनु नपरोस् । यसका लागि हामीले यस्तो सामूहिक केही प्रण गरौं, जसले नयाँ बिहानीको सुरुवात गरोस् ।

 

नेता–मन्त्रीहरुको झुटो आवश्वसनमा फस्ने छैनौं । आफ्नो गाउँ–समाज बनाउनका लागि नेताको मुख ताक्ने छैनौं । दुत राजनीतिमा लागेर छिमेकी, आफन्तसँगको सम्बन्ध बिगार्ने छैनौं । राजनीतिक स्वार्थका खातिर आफुलाई ब लीको बोको बनाउने छैनौं । आफ्नो गाउँ–ठाउँ, समाजमा हुने विकास निर्माणको काममा सहयोगी भूमिका खेल्नेछौं । गाउँ–ठाउँको विकास–निर्माणलाई पारदर्शी बनाउन खबरदारी गर्नेछौं ।

–आफ्नो गाउँ–ठाउँको विकासमा एकजुट भएर लाग्नेछौं ।

आफ्नो गाउँ–ठाउँमा बृक्षरोपण गर्नेछौं । खेती किसानीलाई प्रोत्साहित गर्नेछौं । –सामाजिक विकृति र विसंगतिको अन्त्य गर्नेछौं । सरकारी काममा हुने ढिलासुस्ती, ठगीको खुलेर बिरोध गर्नेछौं । नेता एवं मन्त्रीको पछि लाग्ने नभई आफ्नै बलबूतोको भरमा पेशा, व्यवसाय, उद्यम गर्नेछौं । भ्रष्टचारीको भान्सामा पाकेको खानेकुरा खाने छैनौं । भ्रष्टचारीले आयोजना गरेको भोज–भत्तेरमा सहभागी हुने छैनौं । आफ्नो इमानले आर्जेको खानेछौं, सुखको जीवन बाँच्ने छौं ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु