काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोेगानले गृहमन्त्रीको राजीनामा अस्वीकृत गर्नुभएको छ । गृहमन्त्री सुलेमन सोयलुले दिएको राजीनामा एड्रोगानले अस्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ । छोटो सूचनाका आधारमा देशका धेरै सहरमा कफ्र्यु लगाउने पूर्ण जिम्मेवारी आफुलाई पुरा गर्न गाह्रो हुने भन्दै उहाँले राजीनामा दिनुभएको थियो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिदै गएपछि टर्कीका धेरै सहरमा कफ्र्यु लगाउने घोषणा गरिएको थियो ।

“गृहमन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छैन,” उहाँले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । गृहमन्त्री सोयलुले भने आफुलाई यस्तो सङ्कटको वेलामा काम गर्ने अनुभव नभएकाले काम गर्न नसक्ने ठानेर राजीनामा दिएको बताउनु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

“यो जिम्मेवारी पुरा गर्नका लागि मेरो अनुभव नभएकाले मेरा जनता र राष्ट्रपतिले मलाई माफी दिनु हुनेछ भन्ने आशाका साथ राजीनामा दिएको छु,” उहाँले राजीनामा पत्रमा लेख्नुभएको थियो । गृहमन्त्री सोयलुले गत शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी देशका ३१ प्रान्तमा ४८ घण्टे कफ्र्यु घोषणा गर्नुभएको थियो । टर्कीमा कोरोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अरु ५५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सम्बन्धित खबरहरु