काठमाडौं । काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ । उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ । जसमा सुरक्षा कर्मी तैनाथ छन् । “त्यहाँभित्र पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा परिवार फ्ल्याट छन्,” स्रोतले भन्यो, “अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । कतिपय परिवार बाहिर गइसकेको हुन सक्छ ।”

 

अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उक्त तीनजनाको परिवार चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ । भवनमा सिल गरिनुभनेको भित्र जो जस्तो अवस्थामा छन् त्यही अवस्थामा बस्न मात्र दिनु हो । उनीहरु एक अर्काको सम्पर्कमा आउँन पाउँने छैनन् । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।

 

उनले भने “परिवारका तीनजनालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।” भवनमा सिलपछि सनसिटी अपार्टमेन्टमा सबैमा परीक्षण गरिनेछ । पहिले र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट नै परीक्षण गर्ने सरकारको तयारी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु