काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट त्रासमा रहेको विश्व समुदायका लागि खुशीको खबर आएको छ । कोरोनाको उपचार खोज्न अहिले विश्व समुदाय लागि परिरहेका बेला चीनबाट केही सफलताको खबर आएको हो ।
अहिलेसम्म १९ लाख २५ हजार भन्दा धेरै कोरोना संक्रमित हुँदा करीव एक लाख २० हजार भन्दा बढीको ज्यान गएको दुखद घडीमा चीनले केही राहत दिने काम गरेको छ ।
चीनको कोरोनाभाइरस विरुद्ध मंगलबार राज्य परिषदको संयुक्त रोकथाम र नियन्त्रण संयन्त्रका अनुसार क्लिनिकल परीक्षणको लागि दुई कोभिड–१९ निष्क्रिय खोपलाई अनुमोदन गरेको छ । यी दुई खोपहरू चीन नेशनल फार्मास्यूटिकल ग्रुप (सिनोफर्म) र सिनोवाक रिसर्च एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बेइजिङ्गस्थित कम्पनी अन्तर्गत जैविक उत्पादन संस्थान वुहान इन्स्टिच्यूटले विकसित गरेका छन् । यी कम्पनी विश्वकै विश्वसनीय औषधि उत्पादक हुन् ।
दुई खोपहरूको क्लिनिकल परीक्षण सुरू भएको छ । चीनले भनेको छ । अब आत्तिनुपर्ने दिन सकिनेछन् । यी खोपहरुले कोरोनाका लागि पूर्ण रुपमा काम गर्नेछन् । विश्व समुदाय बचाउँनका लागि हामीले गरेको प्रयास सफलता नजिक छ । अब केही दिनमा नै पूर्ण खुशीको खबर प्रदान गर्नेछौ ।