काठमाडौँ । नेपाली सेनाले सामरिक विषयमा खोज अनुसन्धान र अध्ययनको दायरा फराकिलो पर्ने उद्देश्य अनुरूप ‘खुला सामरिक लेख रचना प्रतियोगिता– २०७७’ को सूचना सार्वजनिक गरेको छ । आइतबार सेनाले लेख रचना प्रतियोगितामा सहभागी हुन सूचना प्रकाशित गरेको हो ।

 

सूचनामा लेखरचना राजनीतिक हुनुनपर्ने, ३५ सयदेखि पाँच हजार शब्दसम्मको हुनुपर्ने, अंग्रेजी वा नेपाली भाषामा मात्र लेख्नुपर्ने, मौलिकतामा जोड दिनुपर्ने उल्लेख गरिएको छ। लेख रचना राष्ट्रियता र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र विकास, सैनिक नागरिक सम्बन्ध, नेपालको सामरिक महत्व, बदलिँदो सुरक्षाका आयाम, सैनिक कूटनीति, खेलकुद तथा प्रविधिसँग सम्बन्धित हुनुपर्ने सेनाको सूचनामा उल्लेख छ।

इच्छुक लेखकले २०७७ साल साउन ३२ गतेसम्म आवेदन दिन सक्नेछन् । भदौ १५ गतेसम्ममा शीर्षक तय गरेर लेख लेख्न लगाइने छ । २०७७ माघ १ गतेसम्म लेख बुझाउनु पर्नेछ । सेना दिवस, २०७७ को अवसरमा पुरस्कार वितरण हुनेछ । प्रथम हुने लेखकले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै दोस्रोले १ लाख ५० हजार प्राप्त गर्नेछन् भने तृतीयले १ लाख तथा सान्त्वना हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ

सम्बन्धित खबरहरु