काठमाडौँ । कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेकी बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ । गण्डकीको प्रयोगशाला र काठमाडौँबाट पनि पोजेटिभ देखिएको हो । ‘सुरुमा हामीले पोखरामा टेष्ट गर्‍यौँ । यहाँ पोजेटिभ देखियो । त्यसपछि काठमाडौं पठाएर टेष्ट गर्दा उता पनि पोजेटिभ नै देखिएको छ,’ गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले भने, ‘उहाँको लगातार तेस्रो पटक पोजेटिभ देखिएको हो ।’

अंशु चैत १५ गतेदेखि बागलुङको धवलागिरी अञ्चल अस्पतालमा उपचाररत छिन् । ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल झरेर बागलुङ पुगेकी अंशुसँगै आएकी ६५ वर्षीया वृद्धाको पनि दोस्रो परीक्षण समेत पोजेटिभ आएको छ । आइसोलेसन वार्डमा उपचाररत उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। पोजेटिभ रिपोर्ट आएसँगै दुवैजनाको अस्पताल बसाई अझै लम्बिने भएको छ। तेस्रो परीक्षणका लागि १ साताअघि उनको स्वाब लिइएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु