काठमाडौं । लकडाउनको समयमा चलेको कार दुर्घटनामा पर्दा ६ जना घाइते भएका छन् । डडेल्धुराबाट धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार दुर्घटनामा परेको हो । भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरेडीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

[caption id="" align="aligncenter" width="1920"] File Photo[/caption]

बुधबार डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराका प्रहरी हवल्दार शम्भुसिं धामीले जानकारी दिनुभयो । कार सडकदेखि झण्डै तीन सय मिटर तल खसेको जनाइएको छ । प्रहरीका अनुसार कारमा सवार चालक सहित ६ जना सबै घाइते भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित ४ जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिइएको थियो । कारमा दुई साना बालबालिका सवार रहेको र दुई जनाको सवारी पास नखुलाइएको प्रहरीले जानकारी दिएको छ ।

 

घटनामा परी घाइते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेका छन् । प्रहरीका अनुसार एलिजा र मान्धरीको अवस्था गम्भीर रहेको छ । उनीहरूको उद्दार गरी पद्मा अस्पताल कैलालीमा उपचारका लागि पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित खबरहरु