काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित भनिएका ३ जना मध्ये १ जनाको रिपोर्ट नेगेटिभ नै एकिन गरिएको छ । एकै परिवारका ३ जनामा आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशनमा राखिएको थियो । जसमध्ये २ जना पोजेटिभ एकिन गरिएको छ भने एक जना नेगेटिभ नै एकिन गरिएको छ । दुई पटकसम्मको परीक्षणमा नेगेटिभ देखिएपछि त्यही एकिन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी संक्रमित परिवारकी बुहारी भएको खुल्न आएको छ ।

 

सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

तर र्‍यापिड टेष्टमा उनको रिपोर्ट पोजेटिभ आएकाले उनलाई यसअघि कोरोना संक्रमण भएको तर अहिले निको भइसकेको बुझिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । उनकाअनुसार सनसिटीमा बसोबास गर्ने २९८ जनाको बुधबार नै र्‍यापिड टेष्ट गरिएको छ र उनीहरु सबैको नजिता नेगेटिभ आएको छ । संक्रमित परिवारमा काम गर्नेहरुको भो पीसीआर विधिबाट पनि परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=7RJyHxlZEns&feature=youtu.be

सम्बन्धित खबरहरु