काठमाडौं । दोलखाको तीन स्थानबाट २७ जनामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको तीन स्थानीय तहले विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका र २१ दिन नपुगेका २७ जनाको बुधबार आरडिटी प्रविधिबाट शुरु गरेको कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य एकाइले २७ जनामा आरडिटी प्रविधिमार्फत एन्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, कालिञ्चोक गाउँपालिका–२, बाबरेमा १४ र वडा नं। ३ लामिडाँडाको पोखरेमा ११ गरी कुल २७ जनाको आरडिटी प्रविधिबाट एन्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जानकारी दिनुभयो ।

भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएका तामाकोशी गाउँपालिकाका एकमहिला र दुई पुरुषको स्वाव परीक्षणका लागि बुधबार नै धुलिखेल अस्पताल पठाइएको उहाँले बताउनुभयो । आजसम्म उनीहरुको रिपोर्ट प्राप्त हुने उहाँको भनाइ छ ।

सम्बन्धित खबरहरु