काठमाडौं । नयाँ वर्ष मनाउन लकडाउनका बेला बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी भएको छ । कोठाको ढोकामा बिग्रेको ताला झुन्ड्याएको देखेपछि परियारका छिमेकीले फोनमार्फत खबर गरेका थिए । कोठामा आउँदा सामान चोरी भएको देखिएको उहाँले बताउनुभयो । सदरमुकाम चैनपुरको समता स्कुलअगाडि रहेको उहाँको कोठालगायत उहाँका छिमेकी वीरु ओखेडाको घरमा पनि ताल्चा फुटाएर सुनका गहना, टिभी र नगद पैसा चोरी भएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु