काठमाडौं । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट गरिएको परीक्षणमा पोखराकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ ।

पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उनको स्वाब सङ्कलन गरी थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएकोमा पिसिआर प्रविधिमा परीक्षण गर्दा नेगेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा।विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती महिला करिब एक महिना अघि दुबईबाट नेपाल फर्किएकी थिइन् ।

सम्बन्धित खबरहरु