काठमाडौं । कोभिड–१९ को सन्त्रासका बीच महोत्तरीको लोहारपट्टी नगरपालिका–५ मा बुधबार मध्यराततिर भएको आगलागीले रु ५० लाखभन्दा बढीको नोक्सान भएको छ । लोहारपट्टी–५ को लोहारपट्टी बस्तीकै गुलाम रशुलको ट्र्याक्टर, थ्रेसर राख्ने घरमा भएको आगलागीले ज१त ७८६० नंको ट्र्याक्टर, थ्रेसर (गहुँ, धानसहितका अन्न पेल्नेयन्त्र) र अन्य यान्त्रिक साधन र घरसहित रु ५० लाखभन्दा बढीको नोक्सान भएको हो ।

आगोले ट्र्याक्टर र थ्रेसरका पाटपुर्जा र घर जलेर खरानी भएको छ । आगो लागेको ठाउँमा पेट्रोलको गन्ध निकै आएको हुँदा यो नियोजित आगलागी भएको गुलाम रसुलका छिमेकीहरुको अनुमान छ । मध्यरातमा भएको आगलागी घटनाले छिनभरमै यान्त्रिक साधन सबै खरानी बनाएको गुलाम रशुलकै छिमेकी बेचन शेषले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेर गरिएको र यसबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय लोहारपट्टीका प्रमुख मोहम्मद अतावुलले जानकारी दिनुभयो । गुलाम रशुलकै खेतमा लगाइएको इक्युलिप्टिस (मसाला) का २०० बिरुवा यसअघि गत फागुनमा राति नै काटेर नोक्सान गरिएको थियो । लगातार रशुलकै क्षति हुनुले कसैले शत्रुता साँधेको हुनसक्ने छिमेकी बताउँछन् ।

सम्बन्धित खबरहरु