कविता
सद्भावना राख है !
(छन्द: शार्दूलविक्रीडित)

आएकै हुन धेरथाेर विपदा संसारमा त्याे घरी
आधारै कति खाेसियाे कहरले बुझ्दै छ दु:खी घडी !
हुन्थ्याे सेवक जाे रहेछ उसकै संसार याे साख नै
याे मर्मै सबले गुनेर मनमा सद्भावना राख है !!

पुर्खाका विधि जाे भुलेर सबले हेप्दै र मिच्दैगरी
साँढे भैकन नक्कली किसिमका पाश्चात्य बन्थे घरी !
काेराेना जब गर्जियाे थकथकी भै लाै बुझे बात नै
हाम्रै संस्कृति धन्य हो यति बुझी सद्भावना राख है !!

गर्जेकाे धनले ठुगेर मनमा घाेच्याे त विझ्ने गरी
आफन्ती जनहाे नटेक घरमा उर्दी अहाे याे घरी !
पुज्ने देव समान नै अतिथि हाे संस्कार याे चाख खै
अफ्ठ्याराे पनमा नघाेच जनमा सद्भावना राख है !!

कस्ताे हैकम सङ्कटै छ त यहाँ सत्ता विपक्षी अहाे
कुर्सी हेर्छ घुरेर खै नियम त्याे धर्मै र कर्मै गयाे!
लाै साेझा जनता ठगेर मुरली, फुक्छाै त बेतालमै
हे नेता बुझ त्याे चुनाब मतमा सद्भावना राख है !!

ए सानाे सरकार् नछेक घर नै सम्पर्क टुट्नेगरी
टाढै बस्नु सखे नजिक मन चै सम्बन्ध जुट्नेगरि !
खेतैमा वनमा किसान नगए उब्जन्न छाकै पनि
उब्जाएर त बच्छ देश बखतै सद्भावना राख है !!

काेराेना यमदूत याे छ कपटी संसार मार्दाे छ याे
ब्रह्माकाे विपरीत धाक बमकाे मार्दैछ झार्दैछ याे !
जाेहाे मास्क र औषधी कहरमै लाजै उदाङ्गाे अहाे
जाेगा है धरती बचा न शिव लाै, सद्भावना राख है !!

सिन्की झै सरकार लाै नथुन भाे विग्रिन्छ मस्तिष्क ता
पालाे झै सब सेनमेन त खटा पालै धरामा पठा !
भाेकाे पेट उठेभने सडकमा बढ्दै छ खत्रा तमा
बेलैमा यसमा बनेर बुझकी सद्भावना राख है !!

डाक्याे है अब गाउँले हिँडन लाै ,फाँडाैँ अझै खाेरिया
बाआमा परिवारसाथ तब नै आनन्द कल्याण त्याँ !
फूल्ने हेर धराभरी रहर लाै, झुल्नेछ त्याे हात नै
ओहाे मानवता खुलेर सरणी सद्भावना राख है !

प्रकाश आचार्य"भावुक"(प्रभा)
दिक्तेल रुम, खाेटाङ
आचार्य नगरी माझाघर

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु