काठमाडौं । गोरखाको शहिद लखन गाउँपालिका–६ रानागाउँका ६० जना स्थानीयवासीलाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन शुरु गरिएको छ । स्थानीयवासी खिलबहादुर थापाको कुकुरको टो काईपछि रेबिज लागेर मृत्यु भएसँगै मृतकका परिवारसहित गाउँका अन्यलाई भ्याक्सिन लगाउन शुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

गत पुसमा कुकुरले टो केको तर उपचारमा हेलचक्राई गरेका थापामा एक्कासी ज्वरो आउने र काम्ने समस्या देखिएपछि उपचारका लागि चैत २७ गते गोरखा अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँको टेकु अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा थापाको चैत २९ गते मृत्यु भएको थियो । “अस्पतालले थापाको मृत्यु रेबिजका कारण भएको पुष्टी गरेपछि मृतकका घरपरिवार र उहाँको सम्र्पकमा रहेका सबैको पहिचान गरी रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको हो”, शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, “पहिलो चरणमा चैत ३० गते ५२ जना र हिजो ८ जनालाई पहिलो चरणको भ्याक्सिन लगाइएको छ ।”

 

प्रमुख श्रेष्ठले टोलमा रेबिज रोग फैलन सक्ने जोखिमलाई ख्याल गरी थापाको परिवार, छरछिमेकी र मृत्यु संस्कारमा सहभागी सबैलाई भ्याक्सिन लगाउन शुरु गरिएको बताउनुभयो । “उहाँहरु सबैलाई ३ चरणसम्म रेबिज बिरुद्धको भ्याक्सिन लगाउनुपर्छ”, उहाँले भन्नुभयो, “सबैलाई गाउँपालिकाको समन्वयमा निःशुल्करुपमा घरमै पुगेर भ्याक्सिन लगाउन शुरु गरिएको छ ।” गोरखाको सिरानचोक गाउँपालिकामा पनि एकसाता अघि रेबिज लागेर एक पुरुषको मृत्यु भएपछि गाउँका ४० जनालाई रेबिज बिरुद्धको भ्याक्सिन लगाउन थालिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु