काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले म दिराज न्य पदा र्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ । लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले म दिराज न्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरीदबिक्रीमा रोक लगाएको हो । गाउँपालिकाले म दिरा उत्पादन गर्ने व्यक्ति, समूह वा व्यवसायीलाई खाद्यान्न बिक्री नगर्न स्थानीय व्यवसायीलाई आग्रह गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी म दिराज न्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ । गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताउनुभयो । उक्त गाउँपालिकाले धान, मकै, कोदोलगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु