काठमाडौं । प्रहरीका हर्कत निक्कै नै बढ्दै गएका छन् । कलंकीमा औषधि बोकेकी महिलामाथि प्रहरीले नि'र्घात कु'टपि'ट गरेको विषयपनि अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । नगर प्रहरी कार्यालय, भृकुटीमण्डपबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले सर्वसाधारणमाथि कु'टपि'ट गरेको हो ।

 

हेल्थ पाटी नामक युट्युब च्यानलमा अपलोड भएको भिडियोमा प्रहरी र तीन जना सर्वसाधारणबीच वादविवाद भएको देखिन्छ । तीमध्ये दुई जना महिलाले हातमा औषधिको पोको बोकेका छन् । प्रहरीले उनीहरुसँगै रहेका पुरुषलाई ‘म्यान क्याचिङ डिभाइस’मार्फत पक्राउ गर्न खोजेपछि महिलाले प्रतिवाद गर्न खोजेको देखिन्छ । पुरुषले पनि केही बोलेको जस्तो देखिन्छ । तर, आवाज प्रस्ट बुझिँदैन । त्यसक्रममा प्रहरीले ला'ठी चा'र्ज गरेको भिडियोमा देखिएको छ । नगर प्रहरीका प्रमुख डीएसपी पवन भट्टराईले घटनाबारे आफूले पनि जानकारी पाएको बताउँदै ला'ठी चा'र्ज गर्नुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा जानकारी लिने काम भइरहेको बताए ।

 

काठमाडौं प्रहरीका एक अधिकृतले भने औषधि लिने महिलासँगै गएका अन्य दुई जना नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग उल्टै विवाद गरेपछि अफ्ठ्यारो परिस्थिति सिर्जना भएको दाबी गरेका छन् । यद्यपि, औषधि लिएका सर्वसाधारणमाथि ला'ठी ब''र्साएको भन्दै सामाजिक सञ्जालमा तीब्र आक्रोश व्यक्त भइरहेको छ । बुधबार राति पनि महाराजगञ्जमा लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले तीन जना चिकित्सकलाई कु'टपि'ट गरेको आरोप लागेको थियो । घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु