६ वैशाख (रासस÷एएनआई) ः भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले कोरोनाभाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताउनु भएको छ । “कोरोनाभाइरसले धेरै चुनौतीहरु ल्याएको छ भने एउटा राम्रो अवसर पनि ल्याएको छ,” उहाँले भन्नुभयो ।

उहाँले अहिलेको सङ्कटलाई सही तरिकाले व्यवस्थापन गर्नका लागि सयौँ भारतीय बैज्ञानिक, इन्जिनियर र तथ्याङ्कविद्लाई परिचालन गर्नु पर्नेमा जोड दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् काँग्रेस नेता गान्धीले विज्ञहरुबाट रचनात्मक र नौलो उपायहरु लिएर लागु गर्नु अत्यावश्यक भएको उल्लेख गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

भारतमा कोरोनाभाइरसका कारण शनिबारसम्ममा कुल १४ हजार ४२५ जना सङ्क्रमित भएका छन । त्यसैगरी कोरोनाभाइरसको सङ्क्रमणका कारण ४८८ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये दुई हजार ४५ जना सञ्चो भएर पूर्ववत अवस्थामा फर्किएको पनि मन्त्रालयको तथ्याङकमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु