काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या १५ हजार नाघेको छ । विश्वभर कोरोनाका कारण झण्डै १ लाख ५८ हजारको ज्यान गएको छ। संक्रमितहरुको संख्या पनि २३ लाख नजिक पुगेको छ । भारतमा कोरोनाका कारण ५२० भन्दा धेरैले ज्यान गुमाएको दैनिक भास्करले जानकारी दिएको छ । अहिले विश्वमा अमेरिका धेरै नै प्रभावित भएको छ ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ३८ हजार भन्दा धेरै रहेको छ । अमेरिकामा संक्रमितहरुको संख्या पनि अन्य देशहरुको तुलनामा धेरै छ । अमेरिकामा अहिले झण्डै ७ लाख २० हजार कोरोना संक्रमित छन् । नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या बढेको छ । नेपालमा ३१ जना संक्रमणको सिकार हुँदा ३ जनाले कोरोनालाई जितेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु