धादिङ । धादिङको मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार भारी मात्रामा असिना परेको छ । असिनाले तरकारी र फलफूल क्षति पुर्‍याएको छ। उत्तरी भेगमा पर्ने रुवीभ्याली, गंगाजमुना, खनियाबास, नेत्रावतीडवजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै मध्य क्षेत्रको नीलकण्ठ नगरपालिकाको विभिन्न भागमा शनिबार असिना परेको थियो। असिनाले तरकारीबालीका साथै फूल खेलिरहेका फलफूल नष्ट भएको किसानले बताएका छन्।

पानीसहित ठूला ठूला दानासहित परेको असिनाले विभिन्न भागमा लाखौं रुपैयाँको तरकारी र फलफूल क्षति पुर्‍याएको गंगाजमुना गाउँपालिकाको बुढाथुमका किरण श्रेष्ठले बताए। असिनाले तरकारी तथा फलफूलमा क्षति पुगे पनि मकै छर्ने तयारीमा रहेका किसानहरु भने जमिन मलिलो हुने भन्दै खुसी भएका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु