काठमाडौं । सप्तरीको राजविराजमा सञ्चालित तीन वटासहित जिल्लाका १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएका छन् । मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा १४ दिनको निगरानी अवधि पूरा गरी घर फर्किएकाले क्वारेन्टाइनहरु खाली भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । राजविराज नगरपालिका–२ स्थित साइकृष्ण कलेज एण्ड हस्पिटलमा बाँकी रहेका तीन जना, वडा नम्बर–४ स्थित इस्लाम मियाँको घरमा रहेका आठ जना र वडा नम्बर–९ मलेठस्थित मस्जिदबाट २३ जनालाई घर पठाइए पछि राजविराजको क्वारेन्टाइनहरु खाली भएका हुन् ।

यसैगरी कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा स्वास्थ्य चौकी, वडा नम्बर १२ स्थित शंकर मावि, बोदे बर्साइन नगरपालिका–५ स्थित जीवनदीप अस्पताल, हनुमाननगर कंकालिनी–११ स्थित सामुदायिक भवन खाली भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । यादवका अनुसार महादेवा गाउँपालिका–१ स्थित नरबहादुर थापा मावि, तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बृद्धाश्रम, रुपनी गाउँपालिका–५ स्थित जनता आधारभूत मावि बसबिट्टी, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टी र सप्तकोशी नगरपालिका वडा नम्बर २ र १० का सञ्चालित क्वारेन्टाइन खाली छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कोभिड–१९ रोकथाम गर्ने उद्देश्यका साथ बनाइएको क्वारेन्टाइनहरुमा १४ दिनको अवधि पूरा गरेसँगै क्वारेन्टाइनहरु खाली भएका हुन् । क्वारेन्टाइनमा १४ दिनको अवधि पूरा गरेकाको आरडिटी परीक्षण गरी घर फर्काइएकोले क्वारेन्टाइनहरु खाली हुँदै गएको हो । भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिबाट कोरोना भाइरस खतरालाई दृष्टिगत गर्दै राजविराजसहित सप्तरीको १८ वटै स्थानीय तहले ३२ वटा क्वारेन्टाइन सञ्चालन गरेका छन् । जसमध्ये १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएको र अन्य १९ ठाउँमा समेत बस्नेको सङ्ख्या कम हुँदै गएको छ ।

हालसम्म १७ महिला र ५२१ पुरुष क्वारेन्टाइनमा राखिएकोमा १५ महिला र ३४५ पुरुष निगरानी अवधि सकेर घर फर्किसकेका छन् । क्वारेन्टाइनमा बस्नेहरुको निगरानी अवधी सकिए पछि सबैको आरडिटी परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको हो । सप्तरीमा आरडिटी परीक्षण शुरु हुनु अगावै क्वारेन्टाइनबाट घर फर्कि सकेकाको घरमै गएर स्वास्थ्यकर्मीले आरडिटी परीक्षण गरिरहेका छन् ।

शुक्रबार राजविराज बाहेक महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहाबाट ११, बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियाबाट चार, हनुमाननगर कंकालिनी नगरपालिका–२ स्थित सकरदही माविबाट तीन, डाकनेश्वरी नगरपालिका–५ स्थित कचमावि पातोबाट दुई, अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनता मावि घोंघीदाहाबाट एक पुरुष र तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविको क्वारेन्टाइनबाट एक महिला घर फर्किएका छन् । दुई दिनको अवधिमा ७६ जना आफ्नो घर फर्किएपछि सप्तरीको क्वारेन्टाइनहरूमा दुई महिला र १७६ पुरुष बाँकी रहेका छन् । रासस

सम्बन्धित खबरहरु