काठमाडौं । मलामी जाँदा बेपत्ता युवकको दुई दिनपछि लाश भेटिएको छ । कर्णाली नदीमा बेपत्ता भएका एक युवकको लाश आज बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ । नुहाउने क्रममा नदीमा बेपत्ता भएका थिए । जानकारी अनुसार मृतक टीकापुर नगरपालिका वडा १ का ३० वर्षीया बादल ठकुल्ला हुन् ।

उनको लाश दुई दिनपछि आज प्रहरीले फेला पारेको हो । वैशाख ५ गते मलामी गएका बेला उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो । नुहाउने क्रममा डुबेर बेपत्ता भएका ठकुल्लाको लाश करिब १० किलोमिटर तल भेटिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

[caption id="" align="alignnone" width="1024"] File Photo[/caption]

सम्बन्धित खबरहरु