काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर निर्णय गरेको छ । मन्त्रालयले अब कोरोना परीक्षणको ‘क्रस भेरिसिफेसन’ नेपालगञ्ज र धरानमा पनि सुरु गर्ने भएको छ । विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणको पुनः परीक्षण (क्रस भेरिसिफेसन) अब नेपालगञ्ज र धरानमा गरिने भएको छ । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र ‘क्रस भेरिसिफेसन’ हुँदै आएको थियो । यदि अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुले पुनः परीक्षण गरेपछि मात्र औपचारिक घोषणा गर्ने गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबार नेपालगञ्जस्थित भेरी अस्पतालमा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । साथै भेरी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको छ । अब कोरोना परीक्षण पनि आउँने नतिजा पहिले भन्दा छिट्टो हुने बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु