काठमाडौं । पाँच दिनदेखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज गरिएको छ । यही वैशाख ३ गते कोरोनाका शङ्कास्पद भनी जिल्ला अस्पतालको आइसोलेसन भर्ना भएका सुर्नया गाउँपालिका–३ का एकै परिवारका उनीहरुलाई आइतबार डिस्चार्ज गरिएको हो । आइसोलेसनमा भर्ना भएका सबैको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । शङ्कास्पद मानेर आइसोलेसनमा भर्ना गरेर उनीहरु सबैको थ्रोट स्वाब वैशाख ३ मा परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो ।

सुर्नया–३ की २३ वर्षीया युवतीलाई ज्वरो, रुघोखोकी, स्वासप्रस्वासमा समस्या देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो । युवती अस्पताल पु¥याउन आएका उनका बुबा र भाइलाई पनि आइसोलेसनमा राखिएको हो । युवतीको यसअघि बैतडीमै र्यापिड डाइग्नोस्टिक टेस्ट भने नेगेटिभ आएको थियो । यसअघि गएको चैतमा कोरोनाको शङ्कास्पद एक प्रहरीसहित तीनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको भए पनि तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

लकडाउन उल्लङ्घन गर्दै कुखुरा बाँड्दै
कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रण गर्न नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेकका सबै काम ठप्प छन् । लकडाउनको पूर्ण पालना गर्न सरकारको निर्देशनानुसार स्थानीय तह पनि लागेका छन् तर बैतडीको दोगडाकेदार गाउँपालिकाले लकडाउनको बेला कुखुरा वितरण गरेको छ । लकडाउनका बेला गाउँपालिकाको आकस्मिकबाहेकका सबै काम बन्द रहेका बेला कुखुरा वितरण गरिएको हो ।

गाउँपालिकामा रहेका कुखुरा फार्म दर्ता र खोर बनाएका किसानलाई आइतबार ७०० कुखुरा वितरण गरिएको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिनुभयो । “लकडाउनभन्दा अगाडि नै चल्ला बाँड्ने भन्ने योजना रहेको भए पनि कुखुरा ठूला हुँदै जाँदा समस्या भएपछि लकडाउनकै बीचमा बाँडिएको हो”, उहाँले भन्नुभयो, “व्यावसायिकरूपमा कुखुरापालन गरिरहेका किसानलाई चार हप्ताका चल्ला बाँड्ने कार्यक्रम रहेको थियो तर लकडाउनका कारण चल्ला वितरण गर्न सकिएन ।” विभिन्न वडाका आठ किसानलाई कुखुरा वितरण गरिएको उहाँले बताउनुभयो ।

बैतडीकै सुर्नया गाउँपालिकामा रहेको कुखुरा फार्मबाट कुखुरा जीपमा लगेर गाउँपालिकामा बाँडिएको हो । लकडाउनमा कडाइ गर्न भन्दै यसअघि चैत २५ गते गाउँपालिकाले अन्तरपालिका आवागमन पूर्णपमा बन्द गर्ने निर्णय विपरीत आफैँले जीपमा कुखुरा लगेर वितरण गरेको हो । चैत २५ गते गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीद्वारा हस्ताक्षित सूचनामा मौसमी कृषिबाहेक एक वडाबाट अर्को वडामा जानसमेत अध्यक्षको सिपाmरिसबिना जान नपाउने उल्लेख गरिएको छ ।

गाउँपालिकाको वडा नं २, ३, ४, ७ र ८ मा कुखुरा वितरण गरिएको भए पनि सम्बन्धित वडाध्यक्षलाई जानकारी नै नदिई वितरण गरिएको आरोप लागेको छ । वडा नं ४ का कति किसानलाई कुखुरा वितरण गरियो भन्ने बारे आफू अनभिज्ञ रहेको वडाध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । “मेरो वडामा कति जनालाई कसरी वितरण गरियो मलाई थाहा छैन”, उहाँले भन्नुभयो, “कार्यपालिकाका निर्णय विपरीत कुखुरा वितरण गरिएका छन् ।” लकडाउनका बेला खान नपाएर भोकभोकै बसेका नागरिकलाई राहत वितरण गर्नुको सट्टा लकडाउनको उल्लङ्घन गर्दै कुखुरा वितरण गर्नु सही नभएको उहाँको भनाइ छ । पशुशाखाको कुखुरा फार्म विकास कार्यक्रमअन्तर्गत कुखुरा वितरण गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

उक्त कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नं ४ मा वडाध्यक्ष उपनिर्वाचनपछि आउनुभएको हो, वडाध्यक्ष आउनुभन्दा पहिला नै उक्त निर्णय भएको थियो ।” लकडाउन उल्लङ्घनका बारेमा सोध्दा अध्यक्ष कार्कीबाट कुनै जवाफ आएन् ।

एक किसानलार्ई कम्तीमा २० कुखुराका दरले बाँडिएको गाउँपालिका अध्यक्ष कार्कीले दाबी गरे पनि वडा नं ४ का किसानले भने १५÷१५ कुखुरा मात्रै पाएको बताएका छन् । यसका साथै किसानका निवेदनका आधारमा कुखुरा वितरण गरिएको भनिए पनि नाम नखुलाउने सर्तमा एक किसानले आफूले निवेदन पनि नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुखुरा बाँड्ने भन्ने खबर एक्कासि पाएको हुँ, नागरिकताको फोटोकपी पछि दिनुहोला भनेको छ ।”

यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने लकडाउनको बेला कुखुरा बाँड्न पाइन्न भनेर कतै नलेखेको बताउनुभयो । “लकडाउनको बेला गतिविधि नियन्त्रण गर्ने हो”, उहाँले भन्नुभयो, “लकडाउनको बेला नगरेको भए हुन्थ्यो, लकडाउन प्रभावकारी बनाउन केही दिन पर सार्न मिल्ने, अत्याश्यक नभएका, जरुरी नभएका त्यस्ता काम नगर्ने भन्ने निर्णय भएको छ ।” रासस

सम्बन्धित खबरहरु