काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का वडा सदस्य ऋषिराम घर्तीले वडा सदस्यबाट राजीनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्तीले वडाध्यक्षले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पदबाट राजीनामा दिएको बताउनुभयो । वडाध्यक्ष पदमप्रसाद भट्टराईले उहाँले यही वैशाख ५ गते राजीनामा दिए पनि तीन दिनसम्म बोलाउँदा सम्पर्कमा नआएपछि आज स्वीकृत गरिएको जानकारी दिनुभयो ।

तत्कालीन नेकपा(माओवादी केन्द्र)का तर्फबाट विजयी भट्टराईले वडाका अन्य पदमा जनमोर्चाकै सदस्य भएका कारण हरेक काममा असहयोग हुने गरेको बताउँदै सदस्य घर्तीले लगाएको आरोप गलत भएको विचार राख्नुभयो । उहाँले यस्तो विपद्का समयमा राजीनामा दिनु गलत भएको बताउँदै केही समस्या भए छलफल गरेर जान सकिने विकल्प हुँदाहुँदै सम्पर्कमै नआउनु गलत भएको प्रतिक्रिया दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु