काठमाडौं । नेपाल टेलिकमले सारा नेपालीका लागि खुशी बाँडेको छ । टेलिकमद्धारा वितरित सिम कार्डमा खुशीको उपहार बाँडेको हो । ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आजै (सोमबार) राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन सक्ने भएको हो ।

ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुनेछ । यस प्याकेज आगामी दुई दिनसम्म उपलब्ध गराइने बताइएको छ । सो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, उक्त एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाइ जानकारी गराइने छ । उक्त प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई उपलब्ध हुने छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=Id5uiQn3sZQ&t=62s

 

 

सम्बन्धित खबरहरु