काठमाडौं । कोरोना महामारीका कारण अमेरिकामा झण्डै ३ करोड आसपास व्यक्तिहरु बेरोजगार हुने देखिएको छ । यो सँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक लकडाउन समाप्त गर्ने बताउँदै आएका छन् । तर राज्य सरकारहरुले संघीय सरकारको कुरा नटेरेपछि ट्रम्प विवश भएका छन् । उनले कतिपय राज्यमा लकडाउन समाप्त पार्न सडकमा आउँन भन्दै अनुरोध पनि गरेका थिए । यो बीचमा अहिले आएको खबर अलिक फरक छ ।

बीबीसीले दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि अमेरिकाले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले यसबारे एक ट्विट गर्दै कोरोना भाइरसको महामारीले अमेरिकी नागरिकको रोजगारी नगुमोस् भन्नका खातिर यस्तो निर्णय लिइएको उल्लेख गरेका थिए । यद्यपि, उनले आप्रवासी रोक्नका लागि अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दै छ भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

 

आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्ने कुरा पनि स्पष्ट भइसकेको छैन । कोरोना प्रकोप न्यूनीकरण गर्न अमेरिकाले युरोपका धेरैजसो मुलुकसँगै चीन, क्यानडा, मेक्सिको, इरान र दक्षिण कोरियाका नागरिकमाथि अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ । अमेरिकामा अहिले स्वाथ्य क्षेत्रमा काम गर्ने डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरुबाहेक अन्य क्षेत्रका करोडौंको रोजगार गुमेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु