काठमाडौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वभरका अधिकांश देश लकडाउनमा छन् । लकडाउनका कारण करोडौँ मानिस बेरोजगार भएका छन्। लकडाउनले विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर अतिप्रभावित छन्। केही देशमा लकडाउनमा जनताको खाद्यसुरक्षाका लागि विभिन्न राहात प्याकेज उपलब्ध गराइएको छ। विकासान्मुख देशहरुमा भने राहात वितरण खासै उपलब्धिमूलक हुन सकेको छैन।

 

त्यसो त कतिपय कम्पनी तथा कार्यालयहरुले ‘वर्क फ्रम होम’ ट्रेन्ड चलाइरहेका छन्। जसअन्तर्गत कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन्।लकडाउनकै कारण बढ्दो बेरोजगारी राम्रै कमाइ गर्ने अवसरका रुपमा पनि परिणत गर्न सकिन्छ। त्यस्ता थुप्रै कामहरु छन् जुन घरभित्रै बसीबसी महिनाका लाखौँ रुपैयाँ कमाउन सकिन्छ। यहाँ हामी तपाइँहरुलाई घरभित्रै बसेर कमाइ गर्न सकिने २० कामका बारेमा जानकारी दिन गइरहेका छौँ। जुन कामबाट तपाइँहरुले घरमै बसीबसी मनग्य कमाउन सक्नुहुन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

१, सिलाइकटाइ : यदि तपाइँ कपडा सिलाइने मेसिन चलाउन जान्नुहुन्छ भने तपाइँ घरमै बसेर सिलाइकटाइ गरेर राम्रो आम्दानी गर्न सक्नुहुन्छ। त्यसैले खाली नबस्नुस् आफ्ना कन्सेप्ट र ग्राहकको रोजाइअनुसार कपडा तयार पार्नुस्।

२, काठका खेलौना : यदि तपाइँलाई काठको काम आउँछ र कारपेन्ट्रीको स्किल पनि छ भने बालबालिकाका लागि घरमै बसीबसी काठका खेलौना बनाउनुस्। यसले तपाइँको कलामा निखार आउनेछ भने व्यापार पनि बढ्नेछ।

३, ह्यान्डब्याग : ह्यान्डब्यागको प्रचलन सधैँभरि रहन्छ। तपाइँले आफूसँग भएका सामग्रीबाट फरकफरक शैलीका ह्यान्डब्याग बचाउन सक्नुहुन्छ। अनि राम्रै कमाइ पनि गर्न सक्नुहुन्छ।

४, कपालको सजावट : हेयर एक्सेसरिज अर्थात कपालको सजावट गर्ने कामबाट घरमै बसीसी महिना राम्रै आम्दानी गर्न सक्नुहुन्छ। त्यसैले आफूसँग प्रतिभा अहिले लकडाउनको समयमा सदुपयोग गर्नुस्।

५, ग्रिटिङ कार्ड : रंगीचंगी काजगको प्रयोग गरेर थुप्रै किसिमका ग्रिटिङ कार्ड बनाउन सकिन्छ। यसका लागि आवश्यक कागज, कलम, टिकट, खाम र केही रचनात्मक शब्दको प्रयोग गरी ग्रिटिङ कार्ड बनाउनुस्, आम्दानी राम्रै हुनेछ।

६, लोगोअंकित टि–सर्ट : विभिन्न लोगोअंकित टि–सर्ट युवामाझ प्रचलनमा छन्। त्यसैले यस्ता टि–सर्टको माग पनि बढ्दै गएको छ। तपाइँसँग यस्ता टि–सर्ट बनाउने सीप छ भने बनाउन थाल्नुस् अनि कमाउन थाल्नुस्।

७, सुगन्धित मैनबत्ती : एउटा राम्रो र सुगन्धित मैनबत्ती कसलाई मन नपर्ला। यस्ता मैनबत्ती घरमै बसीबसी बनाउन सकिन्छ। अनि अनलाइन व्यापार पनि गर्न सकिन्छ।

८, गिफ्ट बास्केट : घरमै थुप्रै प्रकारका गिफ्ट बास्केट बनाउन कुनै गाह्रो काम हैन। यस्ता गिफ्ट बास्केटको माग पनि अत्याधिक छ। आजैबाट यो काम सुरु गर्नुस्।

९, तकिया : हातले बनाइएका तकियाको माग अहिले बजारमा निकै छ। किनकि यस्ता तकिया मेसिनबाट सिलाइएका भन्दा धेरै बलिया हुन्छन्।

१०, पेन्टिङ : तपाइँ पेन्टिङ गर्नुहुन्छ भने लकडाउनमा तपाइँको यो कलाले राम्रै कमाइ गर्न सक्छ। त्यसैले पेन्टिङ सुरु गर्नुहोस्।

११, एप्स ; यदि तपाइँ प्रविधिबारे राम्रै ज्ञान र सीप छ भने विभिन्न किसिमका एप्स बनाएर बेच्न सक्नुहुन्छ।

१२, साबुन र स्याम्पू : हस्तनिर्मित साबुन, स्याम्पूर बढी लोसन तथा अन्य प्रसाधन र सौन्दर्य उत्पादनको बजारमा निकै माग छ। घरमा खाली बस्नुभन्दा यस्ता सामग्री बनाएर बेचेर राम्रै आम्दानी गर्न सकिन्छ।

१३, फूल तथा बोटबिरुवा : यदि तपाइँ बगानको शोक छ भने घरमा विभिन्न किसिमका बोटबिरुवा उमारेर गमलामा सजाएर बेच्न सक्नुहुन्छ। अनलाइनबाट पनि व्यापार गर्न सक्नुहुन्छ।

१४, ग्राफिक डिजाइनिङ : यदि तपाइँ ग्राफिक डिजाइनमा राम्रै दख्खत राख्नुहुन्छ भने विभिन्न कार्यालयहरुलाई आवश्यक ग्राफिक डिजाइनका काम गरेर घरबाटै राम्रो आम्दानी गर्न सक्नुहुन्छ।

१५, भिडियो गेम : भिडियो गेम डेभलपरले घरमै बसीबसी राम्रो आम्दानी गर्न सक्छन्। रोमाञ्चक र भर्चुअल रियालिटी खालका भिडियो गेमहरुको माग अहिले निकै छ।

१६, पाउरोटी : घरमै बसेर विभिन्न प्रकारका पाउरोटी बनाउन पनि सकिन्छ। विशेषगरी खाजाका रुपमा उपभोग हुने पाउरोटीको माग अहिले बजारमा निकै छ।

१७, फर्निचर : यदि तपाइँ काठको कला राम्रो गर्नुहुन्छ भने विभिन्न प्रकारका फर्निचर बनाएर राम्रै आम्दानी गर्न सक्नुहुन्छ। यसका लागि घरबाहिर निस्किरहनुपर्दैन।

१८, अनलाइन पाठ्यक्रम : अनलाइन पाठ्यक्रमको माग पनि लकडाउनका क्रममा ह्वात्तै बढेको छ। तपाइँ अनलाइन पाठ्यक्रम बनाएर वा कोचिङ पढाएर पनि राम्रै आम्दानी गर्न सक्नुहुन्छ।

१९, मूर्तिकला : तपाइँ माटोबाट विभिन्न प्रकार मूर्ति बनाउन सक्नुहुन्छ भने लकडाउनमा यो पनि राम्रै आम्दानीको स्रोत बन्न सक्छ।

२०, फोटोग्राफी : घरमै फोटो स्टुडियो चलाउन खासै समस्या छैन। यदि तपाइँसँग फोटो खिच्ने कौशल छ भने होम स्टुडियोबाट राम्रै आम्दानी हुन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु