काठमाडौं । उपत्यका लगायत देशभर मुसलधारे वर्षा सुरु भएको छ । पछिल्ला केही दिनहरुमा लगातार मेघ गर्जनसहितको वर्षा भइरहेको छ । देशभर मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । नेपालमा अहिले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ । हाल देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित वर्षा भई रहेको छ । थप जानकारी तल हेर्नुहोस्

बैशाख ९ गते (मंगलबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

बैशाख 10 गते (बुधबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख 1१ गते (बिहिबार) दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबरहरु