सरस्वती भट्ट (सरु) । भनिन्छ एउटा घर वनाउन धेरै कुरा जुटाउनु पर्छ तर भत्काउन केहि पाखुरा र हथौडा मात्र । सोच्ने गर्थे कम्युनिष्टको निसान छाप मा किन हँसिया र हथौडा बालपनमा सोच्थे का ट्न र मा र्न कै लागि त होला । हुन पनि अलि अलि वुझ्ने हुदा विध्यार्थी जीवनमा भोगेका या तना ताजै छ । मध्यरातमा मेरै घरको आँगनमा करिव १५० माओवादी कार्यकर्तासँग गर्नु परेको संवादले आज पनि जीऊ सिरिङ्ग पार्छ । मैले पुनरजन्म पाएको महसुस हुन्छ ।

मेरो आदरणीय शिक्षक भानिज दाई यदु प्रसाद अधिकारीको माओवादीले ठाउँमा का टेर हैसा हथौंडा वनाएर छे दवि च्छेद वनाएर छ ट्प टिएको त्यो द र्दनाक समय वाल मस्तिष्को छाप ताजै छ । सायद मैले केहि झुट नवोलेको भए आज मेरो वाटो हेरेर वस्ने मेरो ८८ वर्षिय वुवा दुर्गा प्रसाद भट्ट र सधैं गाऊँको त्यहि अराजक परिस्थितिसँग जुधेर आफ्नो प्रजातान्त्रिक राजनीतिक आस्था जोगाई राख्ने मेरा माईला दाजु महेस भट्टलाई २०५४ सालमा गुमाइसकेको हुने थिएँ।

प्रसंग हँसिया हथौडा को नै हो । पछि वुझ्दै जादा यसको केहि वैज्ञानिक कारण होला भनेर त्यो जिज्ञासा र घटनालाई थाती राखें । तर आज मलाई त्यहि हँसिया हथौड़ाको जिज्ञासाले सतायो । मेरो वाल मनोविज्ञान सहि नै रहेछ । त्यसको काम र संकेत टुटाउने र फुटाउने नै रहेछ । देशले लामो संघर्ष र वलिदान वाट पार्प्त गरेको संविधान लाई घरिघरि त्यहि हथौडाले प्र हार किन गरिरहेको छ ? जादुमय शैलीमा टुटे फुटेका कम्निष्ट एक ठाऊँमा उभिदाको क्षण नै नाटकीय थियो ? एकातिर १७०००० नेपाली को रगतको शक्ति अर्कोतिर तिनै शक्तिसँग विपक्षमा रहि आएको त्यहि बंसज । चुनावी परिणाम को लागि मात्र हो भन्ने सामान्य वुझाईमा पनि थियो ।

देशले स्थायी सरकार नपाईरहेको अवस्थामा जनतामा पनि आशा लाग्नु स्वभाविक थियो । म अंग्रेज़ी साहित्य को विध्यार्थी कम्नयुष्ट मैनिफ़ेस्ट पढ्दा साँचै कम्न्युष्ट विकसवादी र समान वितरण प्रणालीवाट अभिप्रेरित हुन्छन् । अराजक हुन्छन् भ्रष्ट र अत्याचारी हुन सक्दैनन् जस्तो लाग्थ्यो । धत् नेपालका कम्निष्ट त विकाउ, कमाउ र टिकाऊ रहेछन् । राज्यको कार्यपालिका न्यायपालिका र व्यवस्थापिका सवै सरकारको नियन्त्रण भित्र रहेछ ।

आज विश्व मानव समुदाय नोवेल कोरोना भाइरस वाट आक्रन्त छ । नेपाल पनि यसको असर वाट गुज्रीरहेको परिपेक्षमा विश्व सवै कुरा छोडेर मानवीय भावना र मानवताको एककृत कार्य योजनामा लागिरहेको अवस्थामा नेपाल आफ्नो नागरिकलाई कसरी सुरक्षित राख्ने भन्नेमा चनाखो हुनुपर्नेमा जुटिरहेको शक्ति फुटाउने र फुट्न सहज वनाउने योजनाका लागि देशको सरकार प्रमुख र राष्ट्र प्रमुख अध्यादेश पास गर्न लाग्नुले त्यो हँसिया हथौड़ा को अर्थ आज पनि रह्यो आखिर सजिलो अर्थ त्यहि रहेछ फुटाउने र फुट्न अभिप्रेरित गर्ने । यस्तो विसम परिस्थितिमा चालिएको यो कदम कुनै पार्टी विरोधी मात्र नभएर मानवता विरोधी हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु