काठमाडौं । अहिले सिंगो विश्व समुदाय नै कोरोना संकटसँग जुध्दैछ । तर नेपालमा भने यसमाथि राजनीति गर्न थालिएको छ । केन्द्र देखि लिएर स्थानीय तहसम्म राजनीति भइरहेको छ । यस्तै एउटा लाजमर्दो घटना सुर्खेतबाट बाहिर आएको छ । यहाँ २ पार्टीका बीचमा विवाद हुँदा जनताले राहत पाउँन सकेका छैनन् ।

यहाँको चिंगाड गाँउपालिकामा राहत वितरणको विषयले विवाद निम्त्याएको हो । केही वडाहरुले राहत वितरणमा विभेद गरेको भन्दै विरोध जनाएपछि राहत कार्यक्रम नै रोकिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

राहत वितरणका लागि नामवली छनोटमा विवाद भएकाले वडा नम्बर २ मा राहत नै वितरण हुन नसकेको जानकारी दिइएको छ । गाउँपालिकाका केही वडामा दलीय निकटकालाई मात्र राहत वितरण गरेको नेकपा चिंगाडले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसले जितेका वडाहरु राहतका लागि नामावली छनोट गर्ने बेला दलीय विभेद भएको नेकपाको आरोप छ । नेकपा चिंगाडका अध्यक्ष समरबहादुर कामी र सचिव हर्कबहादुर रानाले राहतमा विभेद भएको भनी ज्ञापनपत्र नै बुझाएका छन् ।

दलीय सहमतिबिना गाउँपालिकाले राहत वितरणका लागि नामावली संकलन गरेको नेकपाले असन्तुष्टि जनाएको हो । गरिब र विपन्न भनी ९ सय १० जनाको नाम छनोट गरिएको छ । वडा नम्बर १, २ र ४ मा राहत पाउनुपर्ने वास्तविक विपन्नको नाम नभएको नेकपाले आरोप लगाएको छ ।

राहतका लागि कोटेसन आह्वान गर्ने बेलामा पनि राजनीतिक स्वार्थ हेरिएको नेकपाको आरोप छ । गाउँपालिकाले दुई दुई पटक एकदिने सूचना निकाली आफ्ना नजिकका व्यापारीको कोटेसन स्वीकृत गरेको र राहतमा पनि राजनीति गरेको आरोप कांग्रेसमाथि लगाइएको छ ।

साथै नेकपाले महामारीको समयमा पालिकाका विषयगत शाखाका कर्मचारीलाई बिदा दिएको र सरकारी संयन्त्र नै परिचालन गर्न नसकेको पनि आरोप लगाएको छ । वडा नम्बर २ का अध्यक्ष बुधे खत्रीले भने हतारमा निर्णय लिनुपरेकाले केहीको नाम छुटेको स्विकार गरेका छन् । छलफल गरेर छुटेकालाई पनि राहत दिने व्यवस्था गरिने उनले बताए । केही दिन पहिले नेपाली कांग्रेसले पनि यस्तै आरोप लगाएको थियो ।

सम्बन्धित खबरहरु