काठमाडौं । महिलामाथि गा'ली गलौज तथा कुट पिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–१३ बस्ने ५१ वर्षीय नन्दकिशोर कलौनी र उनका २४ वर्षीय छोरा जगदीशलाई पक्राउ गरेको हो । उनीहरुले रक्सी सेवन गरी स्थानीय तीन महिलालाई गा'ली गलौजसँगै कुट पिट गरेको प्रहरीले जनाएको छ ।

[caption id="" align="aligncenter" width="800"] File Photo[/caption]

उनीहरुले स्थानीय गुमला चन्द, निजका छोरी अनुता र ज्योतिलाई गा'ली गलौज गरी कुट पिट गर्दा टाउको र हातमा चोट लागि घाइते भएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । दुवै बाबु–छोरालाई पक्राउ गरी म्याद थप लिइ अनुसन्धान भइरहेको र पीडितको उपचार भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यसैगरी कैलालीमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले गौरीगङ्गा नगरपालिका–१० भगतपुर बस्ने २० वर्षीय केशव चौधरीलाई चोरीको आरोपमा पक्राउ गरेको हो । कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले युवकले विभिन्न मितिमा कैलारी गाउँपालिकाका दुई स्थानमा चोरी गरेको जानकारी दिनुभयो ।

युवक चौधरीले गत चैत २० गते कैलारी गाउँपालिका–८ पृथ्वीपुर मोहना बजारस्थित रुभान फेन्सी पसलबाट लुगाकपडा, नगद, चेक, पासबुक गरी रु ५३ हजार ७५० र वैशाख ४ गते कबिर एण्ड राज ट्रेडर्समा मोबाइल, राउटर गरी रु ४९ हजार १५० बराबरको सामान चोरी गरेको जनाइएको छ । उहाँले घटना अनुसन्धानमा खटिइएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा ती युवकबाट सामान बरामद गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु