काठमाडौं । सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १७ थुनुवाको कोरोना आरडिटी नतिजा नेगेटिभ देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा विभिन्न अभियोगमा पक्राउ परी हिरासतमा रहेका तिनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

थुनुवाको ¥यापिड डायग्नोष्टिक टेष्टपछि मात्र म्याद थप गर्नेसम्बन्धी महान्यायाधिवक्ताको कार्यालयबाट परिपत्र आएपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका तिनको आरडिटी गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । महान्यायाधिवक्ताको कार्यालयको परिपत्र आए पनि थुनुवाको स्वास्थ्यको जिम्मेवारी प्रहरीको भएकाले उनीहरुको आरडिटी गरिएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु