काठमाडौं । प्रदेश नं १ नेपालको वुहान बन्ने खत्तरा देखिएको छ । नेपालमा अहिले सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर १ मा रहेका छन् । चीनको वुहान जहाँबाट कोरोना विश्वभर फैलिएको बताइएको छ । विश्वभर वुहान (इटली, स्पेन, इरान, युरोप र अहिले अमेरिका) बनेको छ । नेपालमा पनि प्रदेश नम्बर १ मा देखिएको संक्रमण डरलाग्दो छ । यहाँसम्म कि एकै दिनमा दर्जनको संख्यामा कोरोना संक्रमित फेला परिसकेका छन् । भारतबाट आएकाहरुका कारण प्रदेश नम्बर १ मा संक्रमण बढेको हो ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या २८ पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको हो ।

[caption id="" align="aligncenter" width="1024"] File Photo[/caption]

उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रदेशमा हालसम्म ८२३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने दु्रतगतिको आरडिटी विधिबाट तीन हजार ५९२ जनाको रगतको नमूना सङ्कलन गरिएको छ । प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन श्ययामा बस्नेको सङ्ख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु