काठमाडौं । भारतसँग सिमाना जोडिएको सर्लाही जिल्लामा सीमा क्षेत्रमा प्रहरीले उच्च निगरानी बढाएको छ । सीमाबाट लुकीछिपी हुनसक्ने आवतजावतलाई रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले लुकीछिपी आवतजावतलाई रोक्न कडाइका साथ निगरानी शुरु गरेको हो ।

सीमा क्षेत्रमा ती दुई सुरक्षा निकायले चौबीसै घण्टा सुरक्षा दिइरहेका छन् । भारतीय नागरिक सीमाका चोर नाका हुँदै भित्रिनसक्ने भएकाले सीमामा स्थायी सुरक्षाचौकीसँगै दर्जनौँ अस्थायी सुरक्षाचौकी खडा गरेर ‘हाइअलर्ट’का साथ निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

यहाँको मलङ्गवा बजार भित्रने छोटी भन्सार, भेडियाही, खुटौना, भाँडसर, सिमरा, बहादुरपुर, बलरा, त्रिभुवननगर, नारायणपुर, सखुअवा, पर्सा र सङ्ग्रामपुरबाट मानिसको आवातजावत हुने गरेको भन्दै सो क्षेत्रमा सुरक्षाकर्मी कडाइका साथ खटेका प्रहरी उपरीक्षक उहाँले बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सीमा क्षेत्रमा भएका मुख्य तथा सहायक सडक, गोरेटो र पुलहरू सबै शिल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । छिमेकी देश भारतसँग जिल्लाको ६४ किलोमिटर भाग खुला सिमाना रहेको छ । जसका कारण पनि विशेष सुरक्षा सतर्कता शुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु