काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र आजबाट नेपालमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी तीन प्रणालीको समिश्रणले मुकुलभर हल्का वर्षा भइरहेको छ । “आइतबारसम्म बिहान र दिउँसो केही समय मौसम खुले पनि अपराह्न तथा साँझापख निरन्तर वर्षा हुनेछ”, उहाँले भन्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मौसमविद्का अनुसार विगत केही दिनयतादेखि दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाले जनाएको छ । मौसम पूर्णरुपमा सुधार हुन एक साता लाग्ने बताइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भू–भागका केही स्थान र पश्चिमी भू–भागका एक दुई स्थानमा चट्याङ्, मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ । शनिबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका एक दुई स्थान मध्य र पूर्वी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ, हावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ७ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित खबरहरु