काठमाडौं । मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कु'टपि'ट भएको छ । पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा कु'टपि'ट गरेका हुन् । सडकमा धुलो उडेपछि पानी छर्किने विषयमा वि–वाद हुँदा आफूलाई पकडीका सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाहीले कु'टपि'ट गरेको पी'डित पासीले बताउनुभयो ।

यही वैशाख ७ गते दिउँसो हावा चलेको बेला सडकको धुलो उडेपछि पासीले बाटामा पानी छर्किँदा तल्लो जातले पानी छर्किनु हुँदैन भन्दै यादव परिवारले अनितालाई कु'टपि'ट गरेको थियो । एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सो विषयमा उ'जूरी दिनुभएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र दो'षी भए जातीय छु'वाछू'त का'नूनबमोजिम का'रवा'ही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु