काठमाडौं । विश्वमा हरेक दिन अनेक खालका कुराहरु हुन्छन् जुन हामीले विश्वास गर्न सक्दैनौ । लकडाउनको समयमा अहिले जनावर शहर पस्ने तर मान्छेहरु घरमा बन्द रहनु परेको छ । अहिले स्याङजाबाट आएको एक खबरले सबैको होस उडाएको छ । यहाँको वालिङ नगरपालिका–१ रामबाच्छाका बालबालिकाले बिरालो ठानेर घरमा ल्याएको जनावर पछि अर्कै रुपमा आएपछि सबैको हाचेस उडेको छ । बिरालो भनेर ल्याएको जनावर चरीबाघ डमरु रहेको पुष्टी भएको छ । स्थानीय बालबालिकाहरु खेल्ने क्रममा देखेपछि बिरालोको बच्चा भन्दै खेलाउँदै घर ल्याएका हुन् ।

परिवारले पनि बिरालो भन्दै घरमा पाल्ने निर्णय गरेका थिए । तर, परिवारलाई बिरालाको जस्तो स्वाभाव नलागेपछि सबै चकित भएका हुन् । बिरालाले जस्तो म्याउ शब्द ननिकाली बाघले झैं घुर्न थालेपछि परिवारले प्रदेशसभा सदस्य मोहन रेग्मीलाई खबर गरेका थिए । सांसद रेग्मीले डिभिजन वन कार्यालय स्याङजाका प्रमुख कोमलराज काफ्लेलाई खबर गरी डमरु लिएर कार्यालयमै पुगनु भएको थियो ।

 

झट्ट हेर्दा बिरालो जस्तो पनि होइन, बाघ पनि होइन जस्तो देखिएको थियो । प्रमुख काफ्लेले धेरै पटक उसका विभिन्न अंग हेर्दै अनुसन्धान गरेपछि मात्र डमरु भएको पत्ता लागेको बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत चरीबाघ संरक्षित वन्यजन्तुमा पर्दछ भने अन्तराष्ट्रिय कानून साइटिस अनुसार चरी बाघलाई लोपोन्मुख प्रजातीमा राखिएको काफले जानकारी दिनुभयो । करिब ४–५ महिने डमरु आमा खोज्दै बाहिर आएको हुनसक्ने अनुमान गरिएको छ ।

 

अहिले सो डमरु डिभिजन कार्यालय स्याङजामा राखिएको छ । डमरुले दुध, भात र कुखुराको मासु खान थालेको छ । कार्यालयले केही दिन पालेर ठूलो बनाएर जंगलमै छाड्ने वा कास्की स्थित पचभैयामा रहेको जनावर उद्धार केन्द्रमा पठाउने भन्ने बारेमा छलफल भइरहेको छ । उस्को आमा पनि उक्त जंगलमा हुनसक्ने अनुमान गरिएको छ । यस विषयमा पनि अनुसन्धान भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु