काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण रोक्न अहिले सबै सरकार एक्सनमा आएका छन् । अहिले आधा विश्व नै लकडाउनमा छ । देश अनुसार फरक फरक नियम लगाइएको छ । यस्तै, तोकिएको समयभन्दा ३० मिनेट अगावै क्वारेन्टाइन छाडेको आरोपमा सिगांपुरमा एक युवकलाई कारवाही गरिने अधिकारीहरुले जानकारी दिएका छन् ।

मार्च २२ तारिखको १२ बजेसम्म आफ्नो फ्ल्याटमा आइसोलेनमा बसेको हुनुपर्नेमा ११:३० बजे छड्के जाँच गर्दा उनी त्यहाँ नभेटिएपछि उनी कारवाहीमा परेका हुन् । उनलाई आइसोलेनमा राख्नुको कारण भने स्पष्ट हुन भइसकेको छैन । उनीमाथि सिंगापुरको संक्रामक रोग ऐन अनुसार कारवाही गरिने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

आरोप प्रमाणित भए उनलाई ६ महिना जेलसँगै १० हजार सिंगापुर डलर जरिमानाको सजाय हुनेछ । सिंगापुरले प्रमाणित संक्रमितको सम्पर्कमा आएका सबैलाई घरै बस्ने आदेश दिएको छ ।

सरकारले यसक्रममा आदेश दिइएका व्यक्तिहरू घर बसे–नबसेको जाँच गर्न आकस्मिक भिडियो कल पनि गर्ने गरेको छ । सिगांपुरमा अहिले १२ हजार ६९३ संक्रमित हुँदा १२ जनाको ज्यान गएको छ । निको हुनेहरुमो संख्या पनि ९५६ रहेको छ ।

सम्बन्धित खबरहरु