काठमाडौं । प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३ महिला र ६६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४९६ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट जम्मा चार हजार १६० जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६७६ महिला र तीन हजार ८८४ पुरुष छन् ।

यता प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या एक हजार १६३ पुगेको छ । ४३ जना डिस्चार्ज भएको र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० छन् । होम क्वारेन्टाइनमा ९०३ महिला र चार हजार ४८४ पुरुष गरी कूल पाँच हजार ३८७ बसिरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कोरोना जनसुरक्षा कोषमा २८ करोडभन्दा बढी
प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

कोषमा प्रदेश सरकारले पहिलो चरणमा रु १० करोड र दोस्रो चरणमा रु १५ करोड जम्मा गरेको कोषमा विभिन्न सङ्घसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो ।

कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि रु १२ करोड छ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु