काठमाडौँ । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । मृत्यु भएकी २३ वर्षीया युवतीको लाश नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा मदन उपाध्यायले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो । लकडाउन सुरु भएको दुई दिनपछि एडभान्स अस्पतालले उनलाई आइसियुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आइसियु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको थियो ।

 

त्यसपछि शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा रिपोर्ट पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आइसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु हो । उनको विवाहका लागि टीकाटालो भइसके पनि बिहे हुन बाँकी थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/3XLwDSurK-Q

सम्बन्धित खबरहरु