JAPAN US meetingटोकियो ।

जापानी विदेशमन्त्री फुमिओ किसिदा र अमेरिकी विदेशमन्त्री जोन केरीबीच शुक्रबार उत्तर कोरियाका विषयमा कुराकानी भएको समाचार छ ।

उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गर्नसक्ने भन्ने सम्भावनाको विषयमा उहाँहरुबीच छलफल भएको समाचारमा जनाइएको छ ।

दुई नेताबीच भएको टेलिफोन वार्तामा सो कुरा भएको बताइएको छ । ‘हामी अमेरिकासँग आफ्नो जनताको रक्षाको लागि नजिक भएर काम गर्नेछाँै’ केरीसँग टेलिफोन वार्तापछि किसिदाले स्थानीय सञ्चार माध्यमलाई बताउनुभएको छ । रासस/सिन्ह्वा

सम्बन्धित खबरहरु