काठमाडौं । भारतसँग अहिले खाडी देशका मान्छेहरु धेरै नै रिसाएका छन् । कतारी राजकुमारीबारे प्रकाशित एउटा ‘फेक न्युज’लाई लिएर भारतीय नेताहरुले समेत टिप्पणी गरेका छन् । भारतीय जनता पार्टीका सांसद तेजश्वी सूर्याले कतारी राजकुमारीको यौ–न प्रकरणबारे चार वर्षअघि प्रकाशित फेक न्युज सार्वजनिक गर्दै अरबी महिलाहरुमाथि टिप्पणी गरेका थिए । यसपछि नै भारतमा सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको छ ।

 

बेलायती पत्रिका फाइनान्सियल टाइम्सलाई उद्धृत गर्दै डिएनएले ‘कतारी राजकुमारी बेलायतमा सात पुरुषसँग यौ–नसम्बन्ध राख्दै गर्दा पक्राउ’ शिर्षकमा समाचार चार वर्षअघि प्रकाशित गरेको थियो । तर, कतारी राजकुमारी शेख सलवाबारे लेखिएको उक्त समाचार पूर्ण रुपमा झुट सावित भइसकेको छ । हालै भारतीय जनता पार्टीका नेता र केही मिडियाले समेत उक्त समाचारलाई लिएर अरबी महिलाप्रति गलत्त टिप्पणी गर्न थालेपछि सम्बन्धमा तनब उत्पन्न भएको हो ।

सामाजिक सञ्जालमा सोही पत्रिकाको ‘क्लिप’ लाई भाइरल बनाइएको छ । ट्वीटरमा पनि उक्त समाचार सार्वजनिक गर्दै यूएई राजपरिवारकी सदस्य हेन्ड अल क्वसामीलाई ट्याग गरिएको छ । उक्त समाचारमा बेलायतस्थित कतारी दूतावासले बेलायती मिडियालाई ५० लाख डलर दिने प्रलोभन देखाएको पनि दावी गरिएको थियो । जब कि, मिडिया पारदर्शिताबारे अध्ययन गर्ने संस्थाहरुले त्यस समाचारलाई झुटो दावी सावित गरिसकेका छन् । मुस्लिम देशहरुमा रमादान पर्व मनाइरहँदा कतारी राजकुमारीबारेको उक्त समाचार भारतीय मिडिया र केही नेताहरुले नै प्रचार गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु