काठमाडौं । सरकारले लकडाउनबारे अन्तिम निर्णय लिन लगातार २ घण्टा छलफल गर्यो । कोरोना भाइरस (कोभिड–१०) संक्रमण फैलिने विविध पक्षबीच मन्थन भयो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका नेतृत्वमा बालुवाटारमा बसेको बैठकले अर्को १० दिन लकडाउन थप गर्ने निर्णय लियो ।यस अघि उच्चस्तरीय समन्वय समितिले नेपालमा एक साता लकडाउन थप्नुपर्ने बताएको थियो । समितिले आन्तरिक र बाह्य उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको थियो । सरकारले आज यीनै विषयमा अन्तिम निर्णय लियो । आज मात्रै २ जना थप कोरोना संक्रमित भेटिएको हुँदा लकडाउन थप १० दिन अर्थात बैशाख २५ गतेसम्मलाई गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु